नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन १५ । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यालय तथा अन्य हाता भित्र वृक्षारोपण गरी मनाएको छ ।
सोमबार सेती पावरहाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका ३ सय बोटबिरुवाहरु वृक्षरोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रशासन अधिकृत भोलानाथ शर्माले जानकारी दिनुभयो ।

रोपिएका विरुवामा कल्की, निम, धुपी, अमला, बर्रो लगायतका औषधी जन्य बोटबिरुवा रहेका छन् भने अन्य फलफूलका बोटबिरुवा समेत रोपिएको थियो ।
नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदिशचन्द्र जोशीले विश्वमा जलबायुको परिवर्तनका कारण ठूलो चुनौती आइरहेको बेला बातावरणीय सन्तुलनका लागि जनचेतना अभिवृद्धि गर्न केन्द्र देखि नै सो अभियान थालिएको बताउनुभयो ।
विद्युत प्राधिकरणले लाइन बिस्तारका क्रममा बाध्यताबशं रुख काट्दै आउँदा ओलचना हुने गरेको छ ।

यसबारेमा पोखरा केन्द्रका प्रमुख राजिव सिहंले लाइन बिस्तारको क्रममा बोटबिरुवा काट्नु पर्ने बाध्यता रहेको अवस्थामा प्राधिकरणले रुख काट्न मात्र होइन् रुख रोप्न पनि जान्दछ भन्ने सन्देश वृक्षारोपणले दिएको बताउनुभयो ।
सो वृक्षारोपणको शुभारम्भ प्रादेशिक प्रमुख जोशी, पोखरा प्रमुख राजिव सिहं र तनहुँ प्रमुख मेखलाल जोशीले गर्नुभएको थियो ।
उक्त वृक्षारोपण कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदेश, पोखरा वितरण केन्द्र, सेती जलविद्युत आयोजना र कुडहर लगायतका कार्यालय प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला