काठमाडौं । कलाकारहरु किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठ लगायतले मरणोपरान्त अंगदानको घोषणा गरेका छन् ।
कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराहनाले निर्देशन गरेको डकुमेन्ट्री ‘पुनर्जन्म’को प्रिमियर समारोहमा उहाँहरुले शरीरका सबै अंग दान दिने जानकारी दिइएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अंगदान गर्ने घोषणा गरेपछि सेलिब्रिटीलाई कार्ड समेत प्रदान गर्नुभएको थियो ।
मन्त्री बस्नेतले सेलिब्रिटीको यस्तो निर्णयले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।