
काठमाडौं । संचारकर्मी तथा खोज मिडियाका संचालक गणेश बज्र योञ्जनको शब्द रचना भएको गीतमा नव गायीका तारादेवी खड्का तामाङ र प्रकाश तामाङ तितुङको स्वर रहेको छ ।
संगीत प्रकाश तामाङ तितुङकै रहेको गत साता खोज मिडियामार्फत सार्वजनिक गरिएको गीत ‘भेट कहिले हाम्रो’ परदेशी जीवन बिताउनेहरुका वास्तविक भोगाईहरु समेटिएको छ ।
सबै परदेशीको एकै नासको भोगाई नहुन सक्छ तर नव गायीका तारादेवी खड्का तामाङको भने आफैले वैदेशिक रोजगारको क्रममा नेपाल बाहिर रहंदा भोगेका समस्याहलाई गीतमार्फत प्रस्तुत गरेको देखिन्छ ।
गायीका तारादेवी खड्का तामाङ शब्द रचनाकार गणेश बज्र योञ्जनको धर्मपत्नि हुनुहुन्छ । बिगत लामो समयदेखी रोजगारको शिलशिलामा विदेशिएका तारादेवी केही समय छुट्टिमा नेपाल आउनुभएको हो ।
यही समयलाई सदुपयोग गर्दै उहाँले आफ्नै श्रीमानले रचना गरेको गीत गाउने निर्णयका साथ गीत रेकर्ड गरि बजारमा सार्वजनिक गर्नुभएको हो । गायीका तारादेवी खोज मिडियाका संरक्षक समेत हुनुहुन्छ ।
लामो समय दक्षिण कोरियामा जीवन बिताएका तारादेवीको वास्तविक भोगाई उहाँको आफ्नै श्रीमानले नजिक बाट बुझेर शब्दमा रुपान्तरण गर्नुभएको थियो ।
आमा बनिसकेकी एउटी महिला आफ्नो सन्तान र श्रीमानलाई छोडेर विदेशिनुपर्दाको पिडा र त्यस पश्चात घरमा श्रीमानले आफ्ना सन्तानको हेरचाह र घर व्यबहार सम्हाल्नु पर्दा विदेशिएका एक महिलाको मनमा लागेको चोट संगै परिवार छोडेर विदेशमा भोगेका समस्यालाई यर्थाथ चित्रण गरिएको गणेश बज्र योञ्जनले बताउनुभयो ।
गीतमा विदेशिएका श्रीमति र स्वदेशमै छोराछोरी र घरव्यवहामा परेका श्रीमान विचको एक अर्काको मायाको भावलाई नजिक बाट प्रस्तुत गरेको पाईन्छ ।