एमाले गण्डकीको प्रशिक्षक प्रशिक्षण तालिम श्रावण १० देखि १२ सम्म गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेकपा एमाले केन्द्रीय कमिटी सचिव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको प्रमुख आतिथ्यमा बसेको प्रदेश कार्यालयको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश कमिटीको बैठक साउन २२ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

एमालेका कार्यकर्तालाई प्रशिक्षण दिनको लागि पार्टी स्कुल विभागले विभिन्न तहका प्रशिक्षण चलाउँदै आएको छ । गण्डकीमा प्रशिक्षक प्रशिक्षणका लागि साउन १० देखि १२ गतेसम्म संचालन गर्ने निर्णय पनि गरेको छ । गण्डकी प्रदेश स्तरीय प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा गर्ने निर्णय पनि कार्यालय बैठकले गरेको छ ।

बिहीबार बिहान प्रदेश इन्चार्ज गोकर्ण बिष्टको उपस्थितिमा बसेको प्रचार विभागको बैठकले प्रचार भेला र कार्ययोजना पेश गरिएको थियो ।
एमालेले जनसंगठनका पदाधिकारी र इन्चार्जहरु सहभागी हुने प्रदेश स्तरीय जनसंगठन भेला साउन २३ गते गर्ने भएको छ । एमालेले प्रदेशका विभागीय प्रमुखको भेला साउन २ गते गर्ने भएको छ ।
चाँडै नै प्रदेश अधिवेशन हुने हुँदा एमालेका सांगठनिक गतिविधिलाई जोड दिएको छ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते रचनात्मक कार्यक्रम गरि मनाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
गोकर्ण बिष्ट गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी लिएपछि जिल्ला कमिटीका बैठक सम्पन्न भएका छन ।
पार्टी र जनसंगठनका कामलाई प्रभावकारी बनाउन र समय अनुसार चल्ने बनाउन जोड दिएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला