एकल महिलाको पुनर्विवाहको कथामा आधारित फिल्म ‘बगान’ ट्रेलर सार्वजनिक (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । सरोज खनालको डेब्यु निर्देशन रहेको सोसल ड्रामा फिल्म ‘बगान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक ट्रेलरमा एकल महिलाको पुनर्विवाहको विषयवस्तु प्रस्तुत गरिएको छ ।

फिल्ममा करिश्मा मानन्धरले एकल महिलाको भूमिका निर्वाह गर्नुभएको छ । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गर्नुभएको छ । करिश्माकी छोरीको भूमिकामा प्रमिला कार्कीले गर्नुभएको छ । एकल महिलाको पुनर्विवाहको कथावस्तुमा ट्रेलर रहेको छ ।

प्रमिलाको पात्र आमालाई खुसी देख्न पुनर्विवाह गर्नुपर्ने पक्षमा रहदा नीर शाहको पात्र यसको विरुद्धमा देखिनुभएको छ । समग्रमा विधवाको पुनर्विवाह यसको केन्द्रीय द्वन्द्व हो ।
फिल्ममा प्रमिला र आकाश श्रेष्ठको जोडी बाँधिएको छ । नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्माको समेत यसमा अभिनय छ ।

सुरेश वाग्लेले निर्माण गर्नुभएको हो भने स्वप्न नीरवको पटकथा रहेको फिल्म मौलिक सामाजिक कथावस्तु रुचाउने नेपाली दर्शकलाई रुचिकर हुन सक्छ । फिल्मको कार्यकारी निर्मातामा विनोद मानन्धर हुनुहुन्छ ।
यो फिल्म असार २९ गते प्रदर्शनको तयारीमा छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला