चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा मुलुकलाई फिल्म छायांकन र निर्माणको हब बनाउनु पर्ने मन्त्री शर्माको भनाई

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजानुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो र विश्वभर प्रचारप्रसार गर्नुपर्ने बताउदैं यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री शर्माले विद्यमान चलचित्र ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको बताउदै स्वदेशी फिल्मको नीतिगत आधार तयार गरिने बताउनुभयो । उहाँले चलचित्र क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्ने बताउदै प्रतिस्पर्धा हुने भएकोले स्वदेशी चलचित्रको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ, त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले चलचित्र क्षेत्र अघि बढ्न सक्ने बताउनुभयो ।

मन्त्री शर्माले गणतन्त्र, संघीयता, समावेशिताजस्ता महत्वपूर्ण कुरा स्थापित भएर कार्यान्वयनको चरणमा रहेको भन्दै नीतिगत र कानुनी समस्या रहेको बताउनुभयो ।

उहाँले समाज रुपान्तरणको सन्दर्भमा भएका घटनालाई प्रवद्र्धन र उठान गर्ने मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउदै चलचित्र क्षेत्रका समस्या समाधान गर्नका लागि सबै पक्षबीच संवाद हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
बोर्डका सदस्य सचिव विशाल सापकोटाले समारोहमा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति विवरण र बोर्डको भावी योजनाको प्रस्तुतीकरण गर्दै मन्त्रालयसम्म १७ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको जानकारी दिनुभयो ।
उक्त अवसरमा गण्डकी प्रदेशको छायांकन गन्तव्यबारेको भिडियो प्रस्तुत पनि गरिएको थियो। बोर्डका दुई कर्मचारीलाई सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा स्टोरी बैंकमा उत्कृष्ट ६ मा परेका कथानक र लघु फिल्मका कथाकारलाई सम्मान गरियो । राष्ट्रिय लघु चलचित्र प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद र प्रमाणपत्र समेत वितरण गरिएको छ ।
छोटो फिल्म प्रतियोगितामा सूर्य शाही निर्देशित विह्ल्स अन द बस प्रथम, जुनको दोस्रो र एट अनदर विन्टर तेस्रो घोषित भए ।

गायिका अस्मिता अधिकारीले गायन प्रस्तुति दिनुभएको कार्यक्रममा चलचित्र मञ्च २०७९ को लोकार्पण समेत गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला