प्रदेश खेलकुद परिषद गण्डकी द्वारा जिल्ला खेलकुदका कर्मचारी संग छलफल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुदका कर्मचारीहरुसंग छलफल गरेको छ ।

परिषदको सचिवालयमा शुक्रबार भएको उक्त छलफलमा आगामी दिनमा जिल्लाहरुमा खेलकुदको गति तिव्र बनाउने संगै कर्मचारीहरुको व्यवस्थापनमा विषयमा छलफल केन्द्रित गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाउनुभएको हो ।

यहि असार १ गतेबाट राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यरत कर्मचारीहरु परिषद समायोजन भए संगै परिषदले आगामी दिनका योजना अघि सार्न पहिलो पटक उक्त छलफल गरिएको सदस्य सचिव शर्माले जनाउनुभयो ।

साथै जिल्लामा आवश्यकता अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्ने तथा राखेपबाट समायोजन भएर आएका प्रशिक्षक र कर्मचारीहरुलाई परिषदले आफ्नो मातहतमा राखेर काम काज लाई अझै चुस्त बनाउने विषयमा छलफल केन्द्रित गरिएको उहाँको भनाई थियो ।

खेलकुद अब संघियताको मर्म अनुसार अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै कर्मचारीहरुको व्यवस्थापनले जिल्लाहरुमा खेलकुदका कार्यक्रम अघि बढाउन समेत धेरै सहजता हुने उनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–“हामी प्रदेशको खेलकुद गतिलाई अझै तिव्र बनाउन चाहेका छौं,” सदस्य सचिव शर्माले भन्नुभयो–“कर्मचारीहरु परिषद मातहात आएका छन् अब योजनावद्ध रुपमा हामी अघि बढ्छौं ।”

बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला