पत्रकार महासंघ कास्कीको ‘पत्रकारितामा स्वार्थको टकराव’ विषयक कार्यशाला सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ‘पत्रकारिता स्वार्थको टकराव’ विषयक कार्यशाला सम्पन्न भएको छ ।
४७ औं स्थापना दिवसका अवसरमा मंगलबार र बुधबार दुई दिन सम्म चलेको कार्यशालालाई अटवा युनिभर्सिटी क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष प्रा.डा. सुरेश आचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहम अहंकारलाई त्याग्दै सिक्ने प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।
उहाँले फेक समाचारले समाजमा असर परेको बताउदैं समाचारमा विश्वसनियता हुनुपर्ने धारणा राख्नुभयो ।

मेयर आचार्यले शुद्धिकरण पत्रकारितामा मात्र नभई हरेक क्षेत्रमा आवश्यक रहेको बताउदै पोखराको पत्रकारितालाई माथि उठाउन महानगर प्रतिबद्ध रहेको जनाउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले सुचना प्रविधि तीव्र गतिमा अगाडि बढ्दा हामी पछि पर्ने डर भएको उल्लेख गर्दै सिकाई कहिल्यै नसकिने र पत्रकारिताको क्षेत्र व्यापक रहेको बताउनुभयो । पत्रकारितामा अझै पनि समेट्नुपर्ने विषय नसमेटिएको भनाई उहाँको छ । लोकल मिडियाहरुले लोकल विषयलाई उठाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले गण्डकीका पत्रकारको शुद्धिकरण केन्द्रको मापदण्ड अनुसार नै गरिने बताए । व्यवसायिक पत्रकारितालाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ कास्की गरिमा बोकेको संस्था भएको र यसलाई उचो गराउने गरी आफु नेतृत्वको टीम लागिरहेको बताउनुभयो ।

पत्रकारिता क्षेत्रमा विश्वसनियता बढाउन सिकाई आवश्यकता पर्ने र महासंघले बेलाबखत विभिन्न विषयमा यस्ता तालिमको आयोजना गर्दै आएको जानकारी उहाँले गराउनुभयो । पोखरा महानगरपालिकाले पत्रकार महासंघलाई अन्य संस्था जस्तो एउटै बास्केटमा राखेर हेर्न नहुने उहाँको तर्क छ ।


कार्यशालामा प्रशिक्षार्थीका तर्फबाट सुरेश रानाभाट, दिननाथ बराल र ज्योति हमालले बोलेका थिए । दुई दिनको कार्यशाला फलदायी रहेको भनाई उहाँहरुको छ । नयाँ विषयका बारेमा जानकारी मिल्दा पत्रकारितामा सहज हुने विश्वास समेत प्रशिक्षार्थीले गरेका छन् ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाको संयोजन, महिला उपाध्यक्ष जमुना वर्षा शर्माको संचालनमा सम्पन्न कार्यशालामा कास्कीका ६५ बढी पत्रकारहरुको सहभागिता थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला