लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष प्रदर्शनी सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । युनाइटेड क्लब पोखराले लागुऔषध दुब्र्यसन बिरुद्धको अभियान कार्यक्रम संगै लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष शो कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराको सभागृहचोकमा रहेको मिड टाउनमा आयोजना गरिएको सचेनतनामुलक चलचित्र सरी ममको विशेष शो कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइरालाले मुलुकमा विभिन्न विद्या र क्षेत्रका चलचित्रहरु निर्माण भइरहदा लागुऔषध दुब्र्यसनी सम्बन्धी चलचित्रहरु निर्माण हुनु उदाहरणीय काम भएको बताउनुभयो ।

लागुऔषध दुब्र्यसनी सम्बन्धी बनेको सरी मम जस्ता चलचित्रहरु निर्माणका लागी सम्पूर्ण जनताहरुले यस्ता चलचित्रको अवलोकन गरी प्रोत्साहन गर्न जरुरी रहेको उहाँको भनाइ रहेको थियो ।
त्यस्तै सरी मम चलचित्रका निर्माता बिनोद लामाले पछिल्लो समय समाजमा बिकराल अवस्थामा अगाडी वढिरहेको लागुऔषध दुब्र्यसनी सम्बन्धि विषयवस्तुलाई समेटेर निर्माण गरेको सरी मम चलचित्रको विशेष प्रदर्शनी आयोजना गरेकोमा आयोजक युनाइटेड क्लब परिवार प्रति आभार प्रकट गर्नुभयो ।

लामाले आफ्नो चलचित्र विभिन्न सामाजिक संघ संस्था, विद्यालय र सरकारी निकायले अवलोकन गर्नेमा समेत आफु विश्वस्त रहेको बताउनुभयो ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एन एफ आइ क्रियशनको प्रस्तुती रहेको चलचित्र सरी मम संग सहकार्य गर्न पाएकोमा आभार प्रकट गर्नुभयो ।
सामाजिक क्रियाकलापहरु चलचित्रको माध्यामबाट पनि जगाउन सकिने बताउदै अध्यक्ष श्रेष्ठले यसअघि पनि बिनोद लामाद्धारा निर्माण गरिएको कखरा वस्ता बृत्तचित्रहरु समेत युनाइटेड क्लबकै सहकार्यमा प्रदर्शन गरिएको र सरी मम जस्ता सचेतनामुलक चलचित्रलाई विभिन्न सामाजिक संघ संस्थाहरुले आ आफ्नो तर्फबाट प्रोत्साहन गरी प्रदर्शन गराउन सकेको खण्डमा सामाजिक कुरितिहरु समेत घट्दै जाने बताउनुभयो ।
युनाइटेड क्लबका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले कार्यक्रममा स्वागत गर्दै युनाइटेड क्लवले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको र वार्षिक तालिका अनुसार लागुऔषध दुब्र्यसनीको क्षेत्रमा समेत आफुहरुले सचेतनामुलक कार्यक्रम गर्दै आइरहदा यो पटक सरी मम चलचित्रको विशेष प्रदर्शनी मार्फत विशेष गरी विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी चलचित्रको प्रदर्शनी गरिएको बताउनुभयो ।
चलचित्रको विशेष प्रदर्शनीमा युनाइटेड क्लवबका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, प्याब्सन कास्की, हिसान कास्की, एन प्याब्सन कास्की, लागु औषध न्युनीकरण सम्बन्धी काम गर्ने संस्थाका पदाधिकारी र सदस्यहरु सहित चलचित्रका मुख्य पात्र एवं अभिनेता प्रभात पाल ठकुरीको समेत उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला