वीर अस्पतालका निःशुल्क ७०० जनरल बेड

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो ।
न्याम्सका रेक्टर डा. लोचन कार्कीले वीर अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र भएकाले दुई सय रुपैयाँ तिर्नका लागि सहज नहुने भएकाले अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो ।

तर, ब्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ । रेक्टर डा. कार्कीका अनुसार जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुन्छ ।

शल्यक्रिया, सिटी स्क्यान लगायतका सेवा बढाउने तथा खर्चको मितव्ययिता गरेर जनरल बेड निःशुल्क गर्न लागिएको डा. कार्कीले बताउनुभयो ।

सरकारले बिहीबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला