QUEST- Nepal National SQC Council को राष्ट्रिय भेला सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । विद्यार्थी गुणीय चक्र SQC मा काम गर्ने संस्था QUEST-Nepal अन्तर्गत QUEST-Nepal National SQC Council को राष्ट्रिय भेला जेठ २६ र २७ गते हेटौडामा सम्पन्न भएको छ।

देश भरीका सातै प्रदेशका प्रतिनिधि सहभागी भएको उक्त कार्यक्रमले विद्यार्थी गुणीय चक्र को कार्यक्रमको आगामी वर्षको कार्यक्रम तय गरेको छ ।

गण्डकी प्रदेशबाट सहभागी काउन्सिल सदस्य तथा प्याब्सन कास्कीका ट्रेनिंग संयोजक श्री कृष्ण अधिकारीका अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा प्रबोधिकरण, ट्रेनिंग तथा विद्यार्थी सम्म उक्त कार्यक्रम लैजान आगामी असारदेखि तदारुकताका साथ काम गर्ने वताउनुभयो।

कार्यक्रम जुनियर सिटिजन्स एकेडेमीका एकेडेमिक डीन तथा काउन्सिल सदस्य सचिव नारायण प्रसाद सापकोटाको सहजीकरण तथा संचालन , काउन्सिल अद्यक्ष सुबर्ण राज केसीको प्रबोधिकरणमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा फादर अफ यस्क्युसी दिनेश चापागाईं लगायत अन्य सस्थाका पदाधिकारी, सरकारी निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला