पत्रकार सज्जनको पोखरामा‘ गीत रिलीज (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । बहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ गित÷भीडियो पोखरामा‘ सार्वजनिक भएको छ ।

‘’पोखरामा दुई कुराकाो भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गितको मुल थेगो रहेको छ ।

पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गितमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।“

पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ । गितमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गित विनोद बाजुरालीले एरेन्ज गर्नुभएको हो ।

बागलुङ घर भएका सज्जन न्युज पोर्टल इलाकाखबर डटकमका सम्पादक तथा सन्चालक हुनुहुन्छ । उहाँ प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष समेत हुनुहुन्छ ।

गितको भीडियोलाई इश्वर बाबुले निर्देशन र सम्पादन गरेका गर्नुभएको हो ।
राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा पोखराको फेवाताल र यहाँका पर्यटकीय ठाउँमा छांयाकन गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला