डी.पी.एल.को पोखरामा नेतृत्व विकास तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डको संयुक्त आयोजनामा पोखरामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

गण्तन्त्र दिवसको अवसर पारेर डी.पी.एल युथ टिम र डी.पी.एल टिन्सले ६५ जना भन्दा बढी सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिएको हो ।
प्रमुख अतिथि विश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको उपस्थितिमा भएको उक्त कार्यक्रममा तालिममा सहभागि हुने सहभागिहरुलाई एउटा सफल नेतृत्वमा हुनुपर्ने असल गुणहरुको बारेमा साथै नेतृत्व तहमा हुनको लागि कुनैपनि राजनैतिक समुह हुनैपर्छ भन्ने नभई आफ्नै साथीभाईहरुको समुहमा, परिवार ,समुदाय र आफु पढ्दै गरेको कक्षामा समेत नेतृत्व गरी आफ्नो विकास गर्न सक्ने महत्वपूर्ण विषयमा तालिम दिइएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई भाषण कलाको विषयमा समेत तालिम दिइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्राज्ञ सिंहले नेतृत्व गर्ने जुनसुकै व्यक्ति भएपनि उहाँहरुमा शालिनता, सबैलाई समेट्न सक्ने, जस्तोसुकै परिस्थितिलाई सम्हाल्न सक्ने र क्षमतावान हुन जरुरी भएको बताउनुभएको थियो ।

उहाँले विशेषगरी युवाहरुलाई लक्षित गरी डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रम उत्कृष्ट र अहिलेको समयमा निकै महत्वपूर्ण भएको समेत बताउनुभयो ।

सो कार्यक्रममा प्रशिक्षक दिपक न्यौपानेले भाषण र भाषण कलाको बारेमा तालिम दिनुभएको थियो । यस्तै अर्का प्रशिक्षक रोशनी के.सी.र मनिषा तिमिल्सिनाले कुशल नेतृत्वको बारेमा तालिम दिनुभएको थियो भने प्रशिक्षक स्वस्तिका बरालले समय व्यवस्थापन र आयुष बटाजुले एउटा सफल समुहमा हुनुपर्ने गुणहरुको बारेमा तालिममा सहभागिहरुलाई तालिम दिनुभएको थियो ।

त्यस्तै यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अमेरिकन कर्नर पोखरा र पोखरा सार्वजनिक पुस्तकालयले सहयोग गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला