जेठ २५ देखि काभ्रेपलान्चोकको भकुण्डेबेसीमा ग्रामिण चलचित्र महोत्सव हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । नेपाल ग्रामिण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने भएको छ ।
काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको छ ।

महोत्सवमा २६ वटा फिल्म प्रदर्शन हुने सहभागी हुने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताउनुभयो ।
महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् ।

पत्रकार सम्मेलनमा सापकोटाले महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने बताउदै स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो ।
चलचित्र विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला