पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको लेकसाइडस्थित फेवा किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको दिन सोमबार विशेष कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रत्नमन्त्री खुल्ला गर्नुभएको हो ।

यसको मुख्य भवनमा ११ कोठा छन् भने नेपाल ट्रष्टको नाममा कास्कीमा १ सय ७४ रोपनी जग्गा छ । पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने गरेको रत्न मन्दिर राजा महेन्द्रले रानी रत्नको नाममा बि।सं। २०१३ मा पोखरामा दरबार निर्माण गरिएको हो ।

रत्नमन्दिर खुल्ला भएसँगै अब सर्वसाधरण तथा पर्यटकले प्रत्यक्ष अवलोकन गर्न पाउने भएका छन् । रत्न मन्दिर खुल्ला गर्ने अभियानमा साथ तथा सहयोग गर्ने सम्पूर्णप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आभार व्यक्त गर्नुभएको छ ।

यसको स्वामित्व नेपाल ट्रस्टमा आए पनि अहिलेसम्म यो सर्वसाधारणको लागि खुला भएको थिएन । पोखराका स्थानीय र पर्यटन व्यवसायीले रत्न मन्दिर र हिमागृह खुला गर्न बारम्बार माग गर्दै आएका थिए । राजतन्त्र हटेको डेढ दशकपछि रत्न मन्दिर खुला भएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला