पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ ।
महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।

जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन ७ खेल भए । आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले वडा नम्बर २२ लाई २–१ ले, वडा नम्बर ८ ले वडा नम्बर ७ लाई १–० ले, वडा नम्बर १० ले वडा नम्बर १९ लाई २–१ ले हराएको छ ।

वडा नम्बर ११ खेलमा सहभागी नभएपछि वडा नम्बर १५ स्वतः विजयी घोषित भयो । वडा नम्बर १ र ३० बीचको खेल निर्धारित समयमा २–२ मा सकिएको थियो । पेनाल्टीमा पनि ५–५ बराबरी भएपछि सडन डेथमा वडा नम्बर ३० विजयी भयो ।
वडा तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरपालिकाले प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताउनुभयो ।

विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।
फाइनल खेल जेठ ११ गते बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला