कला क्रान्ति वर्ष मूर्तिकार २०७९ घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०७९ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार र कला क्रान्ति वर्ष काटुनिष्ट घोषणा गरेका छौ ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०७९ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ७७ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार र काटुनिष्ट छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।

अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई बैशाख महिना भरि आफ्नो मत दिने समय दिइएको थियो ।

कला क्रान्ति वर्ष मूर्तिकार २०७९
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा मूर्तिकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका १० पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष मूर्तिकारहरु लालकाजी लामा (उपकुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), राजु पिठाकोटे, मन्जुल मितेरी , इन्दिरा श्रेष्ठ र दिनेश्वर महतो ( मूर्तिकला विभाग प्रमुख,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) भएका छन् ।

मनोनयनमा भएका १० कलाकारमा लालकाजी लामा (उपकुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), राजु पिठाकोटे, मन्जुल मितेरी , सीताराम डिम्डुङ (भाइरल बाघ), दिनेश्वर महतो ( मूर्तिकला विभाग प्रमुख,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), धनु याङ्कखा (पूर्व मूर्तिकला विभाग प्रमुख,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), इन्दिरा श्रेष्ठ र नर बहादुर बिके रहेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला