कला क्रान्ति बर्ष पुरुष २०७९ घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०७९ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार र कला क्रान्ति वर्ष काटुनिष्ट घोषणा गरेका छौ ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०७९ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ७७ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार र काटुनिष्ट छान्ने जिम्मा पाठकलाई  लगाएका थियौ ।

अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई बैशाख महिना भरि आफ्नो मत दिने समय दिइएको थियो ।

कला क्रान्ति बर्ष पुरुष २०७९
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा एकल वा दुबल कला प्रदर्शनी गरेका २२ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष पुरुषहरु किरण मानन्धर ( मनका रेखाहरू), लोक चित्रकार, आशा डंगोल ( समानान्तर यात्रा ), विक्रम शिशिर ( नेपाल भारत मैत्री सन्देश ), डिल्ली कृष्ण आले ( धनकुटा ) भएका छन् ।

मनोनयनमा भएका २२ कलाकारमा किरण मानन्धर ( मनका रेखाहरू), लोक चित्रकार, समुन्द्रमान सिंह श्रेष्ठ ( जोर्नी अफ आर्टिस्टक मेस्टरी ), सरोज बज्राचार्य ( एम्पिटिइङ्ग ), सुनिल सिग्देल ( ट्रान्सफिगरेसन ), चन्द्रश्याम डंगोल ( इंटर नीटी) , कपिल मणि दीक्षित (न्यूड ), राजप्रकाशमान तुलाधर , सुनिल रन्जीत ( रंग चिन्तन ), इशान परियार ( कम्प्याटिबल थट्स ), आशा डंगोल ( समानान्तर यात्रा ) , विनोद प्रधान, श्याम नन्द सिंह ठकुरी, विक्रम शिशिर ( नेपाल भारत मैत्री सन्देश ), डिल्ली कृष्ण आले ( धनकुटा ), निरोज बङ ( खाम), अमृत कार्की ( बिदिङ थ्रु द स्टिलनेस ), सुरेश बस्नेत, जिसस श्रेष्ठ, सुरेश द्यःला, विद्यमान तामाङ (माई मेमोरिज अफ द सोइल) र प्रियम प्रधान (कल्की) रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला