गृह मन्त्रालयको दृश्य र भुटानबारेको अभिव्यक्ति फिल्म ‘काँडेतार’बाट हटाइने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नवल खड्का निर्देशित ‘काँडेतार’बाट विवादित दुई महत्वपूर्ण दृश्यलाई फिल्मबाट हटाउन सहमति भएको छ ।
निर्देशक खड्काले केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुसँग भएको छलफलमा गृह मन्त्रालयको भवनको दृश्य र भुटानसम्बन्धी अभिव्यक्तिलाई हटाउने निर्णय भएको जानकारी दिनुभयो ।

यी दुईसहित नेपाल–भारतको सीमा अतिक्रमणबारेका अन्य दृश्यलाई आपत्ति जनाउँदै समितिले फिल्मलाई सेन्सर पास गर्न मानेको थिएन ।
खड्काले सेन्सर बोर्डसँग लगातारको छलफलपछि हामीले गृह मन्त्रालयको दृश्य र भुटानबारेको डायलगलाई हटाएर पुनः सेन्सर गर्ने निर्णय गरेको र कतिपय दृश्य र संवादमा उहाँहरु पनि लचिलो बन्ने कुरा भएको बताउनुभयो ।

एक÷दुई दिनमै यो फिल्मको पुनः सेन्सर हुने भएको छ । सहमति जुटाएर दोस्रोपटक सेन्सर गर्ने वातावरण मिलाउन चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी सक्रिय थिए ।

गत साता आयोजित समारोहमा एमाले नेता भीम रावल, राप्रपा सांसद ज्ञानेन्द्र शाहीलगायतले पनि फिल्मलाई रोक्न नहुने बताएका थिए ।
त्यसबाहेक निर्माता खड्काले सेन्सर बोर्डविरुद्ध दबाब दिंदै आएका थिए । फिल्म ‘काँडेतार’मा उहाँले नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमालाई व्यवस्थित गर्नुपर्ने कथा प्रस्तुत गर्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला