साफ च्याम्पियनशिपको समूह चरणको “ड्र” सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । साफ च्याम्पियनशिपको समूह चरणको “ड्र” सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने यस च्याम्पियनशिपको “ड्र” बुधबार सार्वजनिक भएको हो । सार्वजनिक भएको सो “ड्र” मा नेपाल र भारत एउटै समूहमा परेका छन् ।

नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।

समूह “ ए ” मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् ।
समूह “ बी ” मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । यस साफ च्याम्पियनशिप आउँदो अषाढ ६ देखि १८ गतेसम्म भारतमा हुँदैछ ।

त्यस्तै फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का सहभागी हुने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा मात्र खेल्ने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला