नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ ।

नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिनुभयो ।

पोखरामा रहेर २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचार माध्यममा काम गर्नुभएको छ । उहाँले विशेष गरि महिला सशक्तिकरणका क्षेत्रमा आवाज उठाउदै आउनुभएको छ । भण्डारी यसअघि राष्ट्रपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसक्नुभएको छ ।

संविधान सभा सदस्य, नेपाली कांगे्रसका तत्कालिन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले वि.सं.२०७६ सालमा प्रेस यूनियनले सञ्चालन गर्ने गरि उहाँको बहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
उक्त पुरस्कार नेपाल प्रेस युनियन कास्कीको १०औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा वितरण गरिने कावा अध्यक्ष आलेले बताउनुभयो ।

सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई र २०७९ नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिव ज्योति हमालले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला