विद्युतीय पाश्र्वचित्र सम्बन्धि जनप्रतिनिधि, आमासमुह र टोल विकास संस्थाहरुसंग छलफल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिबार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।

पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुसार नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क संकलन गरि समग्र महानगरनगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरि नगर पाश्र्वचित्र तयार पार्न लागेको बताउनुभयो ।
भरपर्दो र सहि तथ्याङकिय आधार नै वैज्ञानिक योजना पद्धतिको जग हुनेभएकाले वस्तुपरक र वैज्ञानिक तथ्यांक अभिलेखीकरणका लागि विद्युतिय पाशर््वचित्र तयार गर्न लागिएको उहाँले बताउनुभयो ।

“पोखरा महानगरपालिकाको विद्युतिय पाश्र्वचित्रले महानगरपालिकाको विकास योजनाका लागि नँया विकासका सम्भावनाहरुको खोजी, अध्ययन, अनुसन्धान एंव विश्लेषणमा सहयोग गर्नेछ, उहाँले भन्नुभयो, यस पाश्र्वचित्रले राष्ट्रिय कार्यक्रमहरुलाई समेट्दै नगर भित्र रहेका मौजुदा स्रोत र साधनहरुलाई परिचालन सहित नगर विकास योजना तर्जुमा गर्ने प्रकृयामा विकास योजनाहरुको अनुगमन तथा मुंल्याकन प्रकृयामा समेत तथ्यांक र सुचनाका माध्यमद्धारा आधारभुत जग वसाल्ने काम गर्नेछ ।”
सोही अनुसार नगरको वस्तुस्थिति चित्रण तथा विश्लेषण दस्तावेज तयार गरिने प्रमुख आचार्यले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन महत्वपुर्ण हुने बताउनुभयो ।
तथ्यांक संकलनका क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।

महानगरका प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङ्कको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ । महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ ।

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला