धनराज गुरुङ कानुन, मोहनबहादुर बस्नेत स्वास्थ्य, डिगबहादुर लिम्बु युवा मन्त्रीमा नियुक्त

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, वैशाख २० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।

नवनियुक्त मन्त्रिहरूले बिहीबार दिउँसो ३ बजे शपथग्रहण गर्ने कार्यतालिका छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला