कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता वैशाख २२ गते हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको न्युरोडमा रहेको सिता एन्ड सन्सको आयोजना र सृजनशील कलाकार समुहको संयोजनमा पोखरामा कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता हुने भएको छ ।

वैशाख २२ गते २५६७ औं वुद्ध जयन्तीको अवसरमा पारेर पोखरा ७ मासबार स्थित श्री कृष्ण मा. वि हुने चित्रकला प्रतियोगीतामा सहभागीले “विश्व शान्ति र प्रेम” शिर्षकमा रहेर २ घण्टा ३० मिनेटको समय लागाएर चित्र तयार पार्न सक्ने छन् ।

एउटा विद्यालयबाट २ जना सम्म सहभागी समेट्ने गरेर कक्षा ७ देखि १० सम्म एउटा तह र अर्को ११ र १२ कक्षाका विद्यार्थी सहभागी हुन सक्ने गरि तह निर्धारण गरिएको आयोजक सिता एन्ड सन्सका संचालक रविश्वर आचार्यले बताउनुभयो ।

कक्षा ११ र १२को लागि प्रतिष्पर्धामा विजेता प्रथम विद्यार्थीले ३२ इन्चको स्मार्ट टीभी पाउनेछ भने दोस्रो पुरस्कार खिन्डको एयर फायर रहेको छ तेस्रोले नियोको स्प्रिङ आरओ फिल्टर र सान्त्वनालाई केन्टको वाटर फिल्टर दिइनेछ ।

त्यसैगरी कक्षा ७ देखि १० सम्मका लागि पहिलो पुरस्कार हाइसेन्सको ३२ इन्चको एचडी टीभी रहेको छ भने दोस्रो कोनका २२०० वाटको भ्याकुम क्लिनर, तेस्रो डाईकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र सान्त्वना लिभ्प्युरको वाटर फिल्टर रहेको छ ।

त्यस्तै डिस मिडिया नेटवर्कबाट प्राप्त ५ थान डिसहोम सेट गोला प्रथाद्वारा प्रतियोगीमा सहभागी मध्ये ५ जनालाई दिइनेछ ।

अहिले स्कुल तहको प्रतियोगिता गरिएको र आगामी दिनमा सबैलाई समेट्ने गरि खुल्ला प्रगियोेगिता आयोजना गर्ने योजना रहेको संचालक रविश्वर आचार्यले बताउनुभयो ।
कलाकार प्राज्ञ बुद्धि गुरुङले सीता एन्ड सन्सले गर्न लागेको प्रतियोगितात्मक कार्यक्रमबाट पोखरेली कलाको विकासमा ठूलो योगदन पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरेली सबैको साथ पाए पोखरामा आर्ट ग्यालरी स्थापना गर्ने आफुहरुको योजना रहेको आयोजक सिता एण्ड सन्सले बताएको छ ।

कार्यक्रममा मानस्वी आचार्यले स्वागत र सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला