बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री वैशाख २१ गते जाने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, १७ वैशाख । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने हुनुभएको छ ।

चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लाग्नुभएको हो ।

चाल्र्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राज्याभिषेक समारोहमा हुनेछ ।
वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ ।
समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने छन् ।
वैशाख २६ गते नेपाल फर्कने साउदले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला