चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त हुनुभएको छ ।
सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहनुभएको उहाँलाई प्रवक्तामा नियुक्त गरेको हो ।

‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसहित बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरिएको हो,’ बोर्डको निर्णयमा भनिएको छ ।

२५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गर्नुभएको छ ।

काठमाडौं बाहिर रहेर फिल्म निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधि नियमित सञ्चालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, एब गीति एल्बम प्रकाशित गर्नुभएको छ ।
अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोग्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला