युनाइटेडको रक्तदानमा ५२ युनिट रगत संकलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । युनाइटेड क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।
क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित खुल्ला रक्तदानमा ५२ युनिट रगत संकलन भएको हो ।

पहिलो रक्तदाता कृष्ण प्रसाद गौतमलाई प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले गरेको सामाजिक कामको अन्य संघ संस्थाहरुले सिको गरेको खण्डमा समृद्ध समाज निर्माण हुने बताउनुभयो ।

वार्षिकोत्सवको अवसर पारी सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रम गरी रगत अभावमा परेकाहरुलाई सहयोग पुग्ने उहाँको भनाइ रहेको थियो ।
क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गरिरहेको आफुले नजिकबाट नियाल्दै आएको बताउदै वडाअध्यक्ष गुरुङले युनाइटेड क्लबको हरेक गतिविधीमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक माधव के सीले पछिल्लो समय दुर्घटनाका घटनाहरु वढिरहदा अस्पतालमा रगतको अभाव हुने गरेको आफुहरुले नजिकबाट नियाल्दै आइरहेको सन्दर्भमा सामाजिक काममा अगाडी वढेको युनाइटेड क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरी त्यस्ता रगतको अभावमा परेकाहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य गर्नुभएको थियो भने संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार गोविन्द घिमिरे लगायतले आफ्ना भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव पूर्णकला पोख्रेलले र कार्यक्रम संयोजक जयराम आचार्यले धन्यवाद मन्तब्य राख्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला