बर्खा लागेसँगै मेलम्ची सुरुङको ढोका बन्द

नगेन न्यूज
  • ख-
  • ख+

मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरिएको छ । वर्षायाम सुरू भएसँगै टनेलमा क्षती नपुगोस् भनेर सिन्धुपाल्चोक हेलम्बुस्थित अम्बाथानको सुरङमा पानी बन्द गरिएको हो ।

सुरुङमा पानी पठाउन बन्द गरेसँगै काठमाडौंमा पानी आउने क्रम पनि रोकिनेछ । हिजोदेखि थोरै–थोरै गरेर पानी पठाउन बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले बताए ।उनले नेपाल प्रेससँग भने, ‘हिजो रातिदेखि नै बिस्तारै पानी बन्द गर्न थालिएको हो । अहिले थोरै पानी मात्र गइरहेको छ । सानो–सानो पानी गइराखेको हुन्छ । बन्द गर्ने प्रक्रियामा हामी छौं ।’ एकैपटक बन्द गर्दा टनेलमा समस्या आउन सक्ने भन्दै बिस्तारै बन्द गरिने उनको भनाइ छ । समितिले यसअघि नै बर्खा सुरू भएसँगै टनलेमा पानी पठाउन बन्द गरिने बताएको थियो । मौसमलाई हेरेर सुरूङमा पानी बन्द गरिएको पौडेलले बताए । उनले थपे,‘ बालुवा पसे त ट्रिटमेन्ट भइहाल्छ । मनसुन भित्रिने भएकाले सचेतना अपनाएका हौं ।’ समितिले जेठ १० गतेतिर नै बन्द गर्न खोजेपनि १९गतेदेखि मनसुन भित्रिने मौसम विभागले जानकारी दिएकाले केही पछि धकेलिएको हो । गत असार १ गते राति भ्रेमाथाङमा गएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । लेदोसहित आएको बाढीले मुहानमा भएको आयोजनाको संरचना पुरेको थियो । बाढी आउनुअघिको बिहान मात्रै सुरुङ परीक्षणका लागि भनेर मुहान बन्द गरेको थियो । समयमै मुहान बन्द गर्नाले बाढीले मुहानभित्र भने खासै क्षति पुयाएको थिएन । तर बाढीले आयोजनाको संरचना पुर्नुको साथै आयोजनास्थलपुग्ने सडकसञ्जाल समेत टुटेको थियो । बाढीले आयोजनामा क्षति पुयाएपछि मेलम्चीको पानी खान पाइन्छ कि पाइन्दैन भन्ने अन्यौल सिर्जना भएको थियो ।

त्यसअघि चैत दोस्रो साता पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो । काठमाडौंबासीले साढे दुई महिना मात्रै पानी खान पाएका थिए । असार १ गतेराति आएको बाढीले क्षति पुयाउँदा फेरि काठमाडौंबासीले मेलम्चीको पानी खान पाउने हो की होइन भन्ने दोधारमा थियो । तर मंसिरदेखि मुहानमा रहेको ग्रेगान सफा गरेर पुन गत बैशाखदेखि काठमाडौंबासी पानी खुवाउन थालेको थियो । आयोजनास्थलमाथि पहिरोको जोखिम कायम नै रहेकाले मुहानमा थप क्षति नहोस् भन्नका लागि वर्खा अगाडिनै पानी पठाउन बन्द गरिएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला