तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिका रहेको ‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।
दर्शकले यो रोमान्टिक फिल्मलाई नयाँवर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका छन् ।
तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ ।

अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा हुनुहुन्छ ।
व्यावसायिक रुपमा हिट नभएपनि दर्शकबाट प्रशंसा प्राप्त गरेको थियो ।

नयाँवर्षको पूर्वसन्ध्यामा ‘खेलौना’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गरी फिल्म रिलिज गर्न लागेको जानकारी गराएको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरिएको छ ।

चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ र प्रस्तुत कर्ता राजु फुयाल हुनुहुन्छ । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला