कास्की नेत्रहिन संघको १७ औँ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कस्केली दृष्टिविहिन तथा न्यून दृष्टियुक्त व्यक्तिद्वारा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापित संस्था कास्की नेत्रहिन संघले विविध कार्यक्रमहरु सहित १७ औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा नेलम्बो नेपालको सहयोगमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क दात परीक्षण र उपचार सहितको दन्त शिविर संस्थाको कार्यालय पोखरा–२६ बुढीबजारमा सञ्चालन गरिएको छ ।

कार्यक्रमका प्रमुख गण्डकी प्रदेश सरकारका कृषि, जलस्रोत तथा ऊर्जा मन्त्री वेद बहादुर गुरुङले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुको स्वरोजगार र उद्यमशीलताका लागि आफूँले प्रदेश सरकारको क्याविनेटमा कुरा उठाउने कुरा बताउनुभयो ।
मन्त्री गुरुङले मादी गाउँपालिकाका २४ जना अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थाको तर्फबाट सिविआर कार्यक्रम अन्तर्गत जनहि पाँच हजार बिउ पुजी वितरण गर्नुभएको थियो ।

कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले सबै अपाङ्गता भएका व्यक्तिहरु स्वरोजगारका लागि क्षमतावान हुँदै अघि बढ्नुपर्ने र सरकारले त्यसमा साथ दिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा ६४ जनाको दात परीक्षण र ४३ जनाको दातको उपचार गरिएको हो ।
त्यसै गरी गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालय कास्कीको समुदायमा आधारित पुर्नस्थापना शिविआर कार्यक्रम अन्तर्गत मादी गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुका लागि १ हप्ते हरपिक, फिनेल, साबुन, उत्पादन तालिम र बिउ पुँजी वितरण कार्यक्रमका साथै पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गतको दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि विनियोजित कार्यक्रम अन्तर्गत हरपिक, फिनेल, झोल साबुन उत्पादन तथा गमनशीलता तालिमको समेत समापन कार्यक्रम सहित संस्थाको कार्यालय पोखरा–२६ बुढीबजारमा स्थापना दिवस मनाइएको हो ।

कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षता र गण्डकी प्रदेश सरकारका कृषि, जलस्रोत तथा ऊर्जा मन्त्री वेद बहादुर गुरुङ श्यामको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिमका सहभागी दुर्गा ढकाल, प्रशिक्षक शुशिल गोदार, नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भिम भण्डारी, गण्डकी नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल नेत्रहिन संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष खोमराज शर्मा लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुनिता ज्ञवालीले गर्नुभएको थियो ।

कार्यक्रममा हर्पिक, फिनेल र साबुन उत्पादन तालिमतर्फ मादी गाउँपालिकाका २४ अपाङ्गता भएका व्यक्ति र पोखरा महानगरपालिकाका २० जना दृष्टिविहिन व्यक्तिहरुको सहभागिता रहेको थियो भने गमनशीलता तालिमतर्फ पोखरा महानगरपालिकाभित्र बसोबास गर्ने ४० जना दृष्टिविहिन व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाल नेत्रहिन संघको पश्चिमाञ्चल शाखाका रुपमा वि.सं. २०५२ सालमा स्थापित कास्की नेत्रहिन संघ २०५५ सालदेखि नेपाल नेत्रहिन संघको कास्की शाखा हुँदै वि.सं. २०६३ चैत्र २१ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएको थियो ।
कस्केली दृष्टिविहिनहरुको पहलमा स्थापित कास्की नेत्रहिन संघ नेपाल नेत्रहिन संघको अब्बल शाखाका रुपमा गण्डकी प्रदेश भरकै दृष्टिविहिनहरुको छाता संस्थाका रुपमा समेत स्थापित भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला