गोविन्द भट्टराइ रामचन्द्र पौडेलको उत्तराधिकारी भएको दाबि (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

तनहुँ, चैत २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ १ को उपनिर्वाचनका प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको बताउनु भएको छ ।

नेता भट्टराईले प्रेस युनियन तनहुँले मङ्गगलबार दमौलीमा आयोजना गरेको पत्रकारका भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
नेता भट्टराईको राजनीतिक, सैद्धान्तिक, विकास निर्माण, निष्ठा, नैतिकता र निरन्तरताको आधारमा राष्ट्रपतिको उत्तराधिकारी भएको दाबी थियो ।
गत मङ्सिरमा निर्वाचनको बेला पनि पौडेलले आफू अन्तिम पटक उम्मेदवार बनेको र त्यसपछि तनहुँ क्षेत्र नम्बर १ को जिम्मेवारी लिनु पर्छ भनि भनेको भट्टराईले बताउनुभयो । योग्य व्यक्ति उम्मेदवार भएर विजय भए मात्रै लोकतन्त्र बलियो हुने भट्टराईले बताउनुभयो ।
पार्टी छोडेर हिड्नेहरु प्रति लक्षित गर्दै नेता भट्टराईले घर फोहोर भयो भनेर घरै छोडेर हिड्न नहुने बताउनुभयो ।

राष्ट्रपतिले उम्मेदवार बन्ने क्रममा जनता समक्ष गरेका बाचा कबुलहरु पुरा गर्ने दायित्व आफ्नो रहेकोले ति बाचाहरु खेर जान नदिने उम्मेदवार भट्टराईको भनाई थियो ।

पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसकेकोले विद्यार्थी र युवाको समस्याको बारेमा जानकारी भएकोले युवा र विद्यार्थीको माग पुरा गर्न सक्ने उहाँले बताउनुभयो ।
आफ्नो प्रतिस्पर्धीहरु जिल्लाको विकासमा कुनै योगदान नदिएका, राजनीति केहो भन्ने थाहा नपाएका भएका हुँदा जीत निश्चित भएको नेता भट्टराईले दाबी थियो ।

६० वटा खानेपानी योजना, विभिन्न पुलपुलेसा, मोटरबाटो, विद्युतिकरण, विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान दिईसकेको उल्लेख गर्दै आफ्नो जीतको आधार भनेकै जनताको आवश्यकताहरु पुरा गर्न समय दिएकोले मत धेरै पाउने भएको बताउनुभयो । कार्यक्रम प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा भएको थियो ।

गोविन्द भट्टराईबारे संक्षिप्त जानकारी
–२०३४ सालबाट नेविसंघमा आबद्ध भई विद्याथी राजनीति सुरु गरेको
–०३६ सालको विद्यार्थी आन्दोलनमा तनहुँ जिल्लाको दमौलीमा भाग लिएर पञ्चायत विरुद्ध धावा बोलेको जुलुस गरेको
–०४२ सालको सत्याग्रहमा तनहुँमा काम गरेको
–०४२ सालको सत्यागृहमा तनहुँमा काम गरेको
–०४६ सालको विद्यार्थी आन्दोलन र ०६२÷०६३ को विभिन्न आन्दोलनमा अग्रपंतिमा नेतृत्वदायी भूमीका निर्वाह गरेको ।
–कांग्रेसको राजनीतिमा बाल्यकाल देखि हाल सम्म निरन्तरता
–०५३ सालमा नेविसंघको सर्वसम्मत सभापति चयन भएको
–०५८ सालमा नेपाल तरुणदलको महासचिव भएको
–हाल कांग्रेसको केन्द्रीय सदस्इ तेस्रो कार्यकाल
–युवा विद्यार्थीका हक अधिकारको लागि लडेको, पटक पटक सत्ताको दमन सहेको
–नेविसंघको सभापति हुँदा भ्रष्ट्राचार विरोधी देशव्यापी अभियान चलाएको, लाभको पदको लोभ नगरेको
–विद्यार्थीलाई अध्ययनको लागि सहुलियतपूर्ण ऋण ऋण दिनु पर्ने मागका लागि आन्दोलन गरी सम्झौता गराएको
– गुणस्तरीय र रोजगारमुलक शिक्षाको लागि संघर्ष गरेको
–युवालाई रोजगारी दिएको र सबै युवालाई स्वदेशमा नै रोजगारी दिनुपर्छ भन्ने मान्यता बोकेको
–खानेपानीको अभियान्ता
–जिल्लाको विकास संरचना निर्माण गर्नको लागि पदमा नरहेर पनि योगदान गरेको
–मृदुभाषी, स्पष्टवक्ता, सिद्धान्तनिष्ठ भएको
–राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई प्रतिनिधी सभा सदस्य विजयी गराउन महत्वपूर्ण भूमिका खेलको

किसुनजी र गिरिजाबाबु दुवैका प्रिय थिए नेता भट्टराई
बुटबल बहुमुखी क्याम्पसको खुला चौरमा २०४८ साल असोज १६ गते काँग्रेस सभापति कृष्णप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको नेविसंघको छैठौ महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा उदाउनुभएको हो काँग्रेस नेता गोविन्द भट्टराई ।

यसअघि शकरदेव क्याम्पसमा स्ववियु सभापति भएपछि उहाँलाई राजनीतिमा फड्को मार्न सहयोग पुगेको थियोे । यसपछि उहाँ विद्यार्थी राजनीतिको अगुवाईपूर्ण भूमिकामा नै पुग्नुभयो । एकताका किसुनजी र गिरिजाबाबु मात्रै होइन समकालीन नेताहरु सबैको रोजाईमा नेता भट्टराई पर्नुहुन्थ्यो ।

२०५३ सालमा विराटनगरमा भएको नेविसंघको सातौ महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । नेताहरु विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर उहाँको समूहमा हुनुहुन्थ्यो । २०५६ सालमा नेविसंघको तदर्थ समिति गठन हुँदा भट्टराई नै अध्यक्ष हुनुभयो ।
एक ताका नेविसंघभित्र सहमति खोज्ने मुख्य पात्र नै हुनुभएको थियो भट्टराई । किसुनजी र गिरिजाबाबु मात्रै होइन विद्यार्थी नेताहरु पनि भट्टराईले नेविसंघको नेतृत्व गर्ने भनेपछि सबैले स्वीकार गर्ने परिस्थिति निर्माण भएको थियो ।

तरुण दलमा समेत उहाँ महामन्त्री भइसक्नुभएको छ । २०४९ सालमा बिश्वबिद्यालय क्याम्पस कीर्तिपुरमा स्ववियु सचिव तथा २०७४ मा तनहुँ प्रदेश क बाट प्रदेश सभाको निर्वाचनमा भने उहाँ विजय हुन सक्नु भएन ।
उहाँ कांग्रेसको ११ औ महाधिवेशनका लागि तनहुँबाट केन्द्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएको थियोे ।

तेहौ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । काँग्रेसको केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल सदस्य भइसक्नुभएका नेता भट्टराई आगामी २०८० साल वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
जिल्लामा टिकट नपाएका धेरै नेताहरुको व्यवस्थापन गर्नुपर्ने र सबैलाई समेट्नुपर्ने जिम्मेवारी उहाँको काँधमा आएको छ । उहाँ त्रिभुवन बिश्वबिद्यालयबाट अर्थशास्त्रमा बिद्यावारिधि समेत गर्दै हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला