पूर्वप्रधानमन्त्री खनाल र रुसी राजदूतबीच भेटवार्ता

Subi Gurung
  • ख-
  • ख+

नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे।

भेटको क्रममा दुई देश बिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । सो भेटको अवसरमा राजदूत नोभिकोले आगामी दिनमा नेपाल–रुस सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला