नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाली महिला फुटबल टोलीको ३ स्थान सुधार भएको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो ।

यसअघि १०३ औँ स्थानमा रहेको नेपाल यसपटक भने १ हजार २ सय ५ अंकका साथ १०० औं स्थानमा उक्लिएको छ ।
यता, एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा रहेको छ ।

त्यस्तै शुक्रबार सार्वजनिक भएको वरीयताका शिर्ष स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा जर्मनी रहेको छ ।
यस्तै तेस्रोमा स्विडेन, चौँथोमा इङ्ल्याण्ड, प्रान्स पाँचौं, क्यानडा छैटौँ र सातौं स्थानमा स्पेन आउन सफल भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला