जारी प्रथाको कथाको फिल्म ‘जारी’ ट्रेलर सार्वजनिक ( भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, चैत १० । फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्म लिम्बू समुदायमा रहेको जारीप्रथाको कथामा आधारित छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले चलचित्रको कथा लिम्बू समुदाय बाहेकका समुदायमा पनि सान्दर्भिक रहेको बताउनुभयो ।
ट्रेलरमा त्रिपक्षीय संघर्षलाई चित्रण गरिएको छ ।

फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाको रहेको छ ।

वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा निर्माता रामबाबु गुरुङ हुनुहुन्छ । फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङ लगायतको पनि अभिनय छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला