पोखरामा ‘होटल पौवा’ को ११ औँ शाखा बिस्तार, लगानी १० करोड

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ८ चैत । होटल पौवा प्रालिले आफ्नो ११ औ शाखाको रुपमा पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ मा नयाँ होटल सञ्चालनको तयारी पूरा गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोडको लगानीमा होटल पौवा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
ज्ञवालीले होटलको चैत १० गते मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिदै होटलले १० देखि १३ गतेसम्म ‘पौवा स्वाद उत्सव’ मनाउने तयारी समेत गरेको बताउनुभयो ।

ज्ञवालीले होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण रहेको भन्दै चुनौतीलाई अवसरमा रुपान्तरण गर्न पोखरामा होटल पौवाको शाखा बिस्तार गरिएको उहाँले बताउनुभयो । उहाँले आन्तरिक र बाहृय पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिने बताउदैं सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउनुभयो ।

बगैंचासहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् ।
प्रत्येक कोठामा वातानुकुलित रहने छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध हुनेछ ।


कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

होटलमा दुई वटा सेमिनार हल र कन्फरेन्स हल रहेका छन् । होटलमा एक हजार भन्दा बढी क्षमताको ‘फेवा हल’ रहेको पनि सञ्चालक कम्पनीले जनाएको छ ।

ज्ञवालीले पौवाका सबै शाखामा गरी करीब ४ सय जनाले रोजगारी पाएको बताउदैं पोखरा शाखामा भने ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको जनाउदैं सबै शाखामा १५० भन्दा बढी शेयर सदस्य रहेको पनि जानकारी दिनुभयो ।
उहाँले १३ औं र १४ औं शाखाको रुपमा नेपालगञ्ज र काठमाडौंमा बिस्तार गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला