सिजिनेटद्धारा देशका विभिन्न भागहरूमा सेवाको दायरा विस्तार गर्दै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । “उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने भनाईमा विश्वास राख्ने सिजि—नेटले देशका अन्य भागहरूमा आफ्नो सेवाको दायरा विस्तार गर्दै, विभिन्न अफर तथा योजनाहरु प्रस्ताव गर्दै नवीनतम प्रविधिहरू ल्याउने उद्धेश्य राखेको कम्पनीले जनाएको छ ।
चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा दु्रत गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

यो कम्पनीले छोटो समयमानै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ ।
सिजि—नेटको आजसम्मको यात्राको समीक्षा गर्दा, सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा सुरु गरेको थियो ।

जुन समयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले ८० एमबीपीएस, र उच्चतम ब्यान्डविथ १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराउँदै आएको थियो । त्यो समयमा सिजि—नेटले ग्राहकहरूले खरिद गरेका ब्यान्डविथ प्याकेजहरूको उच्च दर बारे उनिहरुलाई सचेत हुन मद्दत गरेको थियो ।

 

यद्यपि सिजि—नेटको सोवा सुचारु भएपछि अन्य कम्पनीहरुले पनि उच्च ब्यान्डविथका योजनाहरु सार्वजनिक गरेको छ ।
नेपालमा उपभोक्ता र प्रविधि बिच ठुलो दूरी रहेको देखिन्छ, त्यही कुरालाई मध्यनजर गर्दै असमानतालाई कम गर्न र नेपालीहरुलाई सस्तो र राम्रो इन्टरनेटको पहुँच सुनिश्चित गर्न सिजि—नेट स्थापना भएको थियो ।

अरु इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कको आधा मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउने दृष्टिकोणका साथ सुरु भएको सिजि—नेटले स्थापनाकाल देखि नै ग्राहकहरुको अपेक्षा भन्दा राम्रो सोवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आईएसपि क्षेत्रमा यस्तो नँया अवधारण मार्फत कोसेढुङ्गाको सिर्जना गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला