चैत्र १७ देखि सञ्चालन हुने एसईईको सम्पूर्ण तयारी पूरा (तालिका सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं ।
आगामी चैत्र १७ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस वर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको कार्यालयले बताएको छ ।

त्यस्तै ५ लाख १६ हजार ५ सय ९५ जना विद्यार्थीले यस वर्षको परीक्षाको लागि रजिष्ट्रेशन फारम भरेको जनाइएको छ ।
गत वर्ष एसईई परीक्षाको लागि ५ लाख १४ हजार ९ सय ५५ जनाले रजिष्ट्रेशन भरेका थिए जसमध्ये ४ लाख ९५ हजार ७ सय ५१ परीक्षामा सहभागी भएका थिए ।

यस्तै उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्न–पत्र पु¥याइसकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार दृष्टिबिहिन परीक्षार्थीले भने आफु अध्ययन गरिरहेको विद्यालयबाटै एसईई परीक्षा दिन पाउने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहिन स्रोत कक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुका लागि सोही विद्यालयबाट परीक्षा दिने व्यवस्था गरेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला