पोखरा महानगरपालिकाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई अनुदान स्वरुप कृषि उपकरण वितरण गर्नुका साथै प्रयोगबारे जानकारी दिएको छ ।
पोखरा महानगरपालिकाका कृषि विकास महाशाखाका प्रमुख मनहर कडरियाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको जानकारी दिनुभयो ।

महानगरले २ सय ६१ थान हाते ट्रयाक्टर, ६२ थान कम्बाइन मिल, ६ थान थ्रेसर, १ सय ८ थान ग्रास कटर, ३० थान पावर स्प्रे, ६ थान तेल पेल्न मेसिन र २९ ड्याङ बनाउने मेसिन अनुदानमा उपलब्ध गराएको हो ।

पोखरा महानगरभित्रका २५ वटा वडाका कृषकलाई महानगरपालिकाको कृषि महाशाखाले मागका आधारमा उक्त उपकरणहरु प्रदान गरेको हो ।

त्यस्तै महानगरका प्रमुख धनराज आचार्यले कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यसहित सो उपकरणहरु कृषकहरुलाई वितरण गरेको बताउनुभयो । उहाँले कृषकहरुलाई अनुदान स्वरुप दिइएको उक्त उपकरणले खेती गर्न सहज हुने समेत बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला