चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन कार्यशाला गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन विषयमा तीन दिने कार्यशालाको आयोजना गर्ने भएको छ ।
भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ ( भोली )देखि ५ गतेसम्म कार्यशाला हुन लागेको हो ।
यो कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।

बोर्डको हलमा हुने कार्यशालामा सहभागी हुनका लागि बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा गएर फारम भर्नुपर्नेछ ।
अथवा, ९८४१२९२४७१ नम्बरमा फोन गरेर नाम टिपाउन सकिनेछ । बोर्डको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कार्यशाला हुन लागेको हो ।

यो कार्यशाला फिल्म लेखन र निर्देशनमा रुचि हुनेहरुका लागि उपलब्धिमुलक रहने विश्वास बोर्डले लिएको छ ।

अनुपम भारतको पुणेस्थित फिल्म तथा थिएटर निर्देशक हुनुहुन्छ । पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहनुभएको उहाँले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टरबाट फिल्म तथा टेलिभिजन निर्देशनमा एमए गर्नुभएको छ ।

उहाँ अहिले यास्मिना रेजाको टोनी अवार्ड विजेता नाटक ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त हुनुहुन्छ ।
मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखलाको ६ भागको निर्माण तथा निर्देशन गर्नुभएको छ । कामुकता र आत्मप्रभावकारिता वरपरका कथामा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गर्नुभएको छ ।

अमिताभ घोषको उपन्यासको रूपान्तरण गरी उहाँले बनाएको फिचर फिल्म ‘द स्याडो लाइन्स’ ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिभल र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इण्डियामा आयोजित एनएफडीसीको पटकथा लेखकको प्रयोगशालामा छनोटमा परेको थियो ।
‘फ्रेस सुसाइड’ र ‘सो ह्वाट’ फिल्मको पनि निर्देशन गर्नुभएको उहाँ पहिलो पटक नेपाल आउन लाग्नुभएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला