पोखरामा तेश्रो रेवान कप टेनिस शुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत्र १ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेश्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ ।
रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गर्नुभयो । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेश्रो सेट आफ्नों पक्षमा पार्नुभएको हो । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत रहेका नविन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गर्नुभयो ।

त्यस्तै अन्य खेलहरुमा कर्ण तामाङले पदम गुरुङ्ग (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ्ग (नदीपुर) ले बीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ्ग (हङकङ) ले इन्द्र गुरुङ्ग (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङ्गले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गर्नुभयो ।

बुधबारनै भएको खेलमा विनोद कायस्थले के.वि.तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले विकास गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–४ ले उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउनुभयो ।
यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बन्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले कास्कीमा टेनिस गतिविधीलाई चलायमान बनाउन तथा नयाँ खेलाडीहरुलाई टेनिस तर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनी यो प्रतियोगिता गर्दै आएको जनाउनुभयो ।
आगामी ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् ।

प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला