प्रधानमन्त्री कप फुटबल चैत ८ गतेदेखि

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने छन् ।

दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ ।
फिफा विन्डोको समय सकिने भएकाले ३१ मार्च मा हुने फाइनल खेल वरीयतामा समावेश हुने छैन ।

प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग पनि कुरा भएको तर उनीहरूको समय नमिल्दा सम्भव नभएको एन्फाले जनाएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँ टिकट दर रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको र चाँडै टुंगो लाग्ने शाहले जानकारी दिनुभयो ।
टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य तोकेर वोलपत्र आह्वान गरिएको हो ।

उहाँले प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने बताउनुभयो ।

खेल तालिका

२२ मार्च : नेपाल भर्सेस लाओस

२५ मार्च : भुटान भर्सेस लाओस

२८ मार्च : नेपाल भर्सेस भुटान

३१ मार्च : फाइनल

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला