महाराजगञ्ज नर्सिङ क्याम्पस स्ववियुमा नेविसंघको तर्फबाट सभापतिमा धनुष विश्वकर्माको उम्मेदवारी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

नेविसंघको तर्फबाट धनुष विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिनुभएको छ ।
नेविसंघबाट सचिवमा विशाल केशरी र कोषाध्यक्षमा स्मृति श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सदस्यहरुमा सरिता शाह , रिश्ता कार्की , जोसिका कंडेल, रक्षा ढुंगाना , संगीता न्यौपानेले उम्मेदवारी दिएका छन । महाराजगन्ज नर्सिङ क्याम्पसमा हाल ३६९ विद्यार्थी अध्ययन गर्दै आएका छन ।
यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ ।

फागुन २८ मा उम्मेदवारको नामावलीमाथि दाबी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने समय तालिका तोकिएको छ ।
फागुन २९ गते (सोमबार) उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली सार्वजनिक गरेर प्रचारप्रसारको समय सुरु हुनेछ । चैत २ गते राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला