पोखरामा क्रियाशील पत्रकारहरुका लागि भाषा सम्पादन तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, फागुन २६ ।
क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ ।

तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरच्चन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएका छ । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिनुभएको छ ।

भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उहाँले आग्रह गर्दै भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने बताउनुभयो ।
सहजकर्ता शरच्चन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गर्दै सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताउनुभयो । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताउनुभयो । भाषाको स्तर गिर्दो हुँदा समाजमा विकृति फैलिएको अभिव्यक्ति उहाँको छ । उहाँले समय समयमा भाषाका विषयमा तालिम गर्दै जानुपर्ने सुझाव दिनुभएको छ ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेका बताउनुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिदै भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराउनुभयो । गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढेमा संचारमाध्यममा भाषाका विषयमा आएका समस्यालाई समाधान गर्ने गरी लाग्न सकिने धारणा उहाँको छ । प्रेस सुधारमा सरकारको दायित्वको पनि अपनत्व हुने गरी लाग्न उहाँले आग्रह गर्नुभयो ।

तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताउनुभयो । जसलाई समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने भनाई उहाँको छ । पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुले तालिम बाट लाभ लिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
तालिममा ५५ जनाको सहभागिता छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला