राष्ट्रपति निर्वाचनको चार बजेदेखि मत गणना, मतदानमा ३१३ संघीय सांसद् र ५१८ प्रदेश सांसद सहभागि

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, फागुन २५ । राष्ट्रपतिका लागि भइरहेको निर्वाचनको मतदान सकिएको छ । तीन बजेका लागि निर्धारित समयभित्रै मतदान प्रक्रिया सकिएको हो ।

मतदान सकिएसँगै निर्वाचन आयोगले चार बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ । राष्ट्रपति उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिहरूसँग छलफल गरेर निर्वाचन आयोगको मतगणनासम्बन्धी निर्णय गरेको हो ।

उक्त बैठकले स्वस्तिक छाप नभएको मत बदर हुने जनाएको छ । सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने र नभएमा बदर हुने निर्णय भएको छ ।

संघीय संसद् र प्रदेश सभाको अलग–अलग मतगणना हुनेछ । मतगणना स्थलमा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक(एक जना गणना प्रतिनिधि रहनेछन् ।

मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने र मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । आयोगले ७ बजेभित्र अन्तिम नतिजा प्रकाशित गर्ने तयारी गरेको छ ।
राष्ट्रपति निर्वाचनको मतदानमा ३१३ संघीय सांसद् र ५१८ प्रदेश सांसदले सहभागिता जनाएका छन् ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदान तीन बजे सकिएको हो ।
मतदान सकिएसँगै गणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा कांग्रेसका तर्फबाट ९ दलको समर्थनमा रामचन्द्र पौडेल उम्मेदवार छन् । एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा सहभागिता जनाएका छैनन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला