नारी दिवसमा फिल्म ‘जुलेबी’को पोस्टर सार्वजनिक , चार नारी पात्रको कथा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’को पोस्टर सार्वजनिक भएको छ । बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

‘मञ्जरी’ फेम्ड निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको नयाँ फिल्ममा महिलाको संवेदना, कोमलता, इच्छा र करुणालाई मुख्य विषयवस्तु बनाएको पोस्टरले बुझाउँछ ।
सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्ममा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतको पनि अभिनय छ ।

चारजना नारी पात्रको कथालाई उठान गरेको फिल्मको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।
ए फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ ।
एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिनुभयो ।

आगामी वैशाखमा प्रदर्शनको तयारीमा रहेको फिल्मलाई गणेशदेव पाण्डेले निर्माण गर्नुभएको हो । उहाँले यसअघि मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरिसक्नुभएको छ ।

जाटवेद बनर्जीको गीतमा संगीत रहेको यस फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको निर्देशक पाण्डेको दाबी छ ।
उहाँले पछिल्लो पटक फिल्म ‘गाँजाबाजा’को निर्देशन गरेका थिए, जुन नामका कारण निकै विवादित बनेको थियो । तैपनि, फिल्मले भने समीक्षक र दर्शकबाट राम्रो प्रशंसा कमाएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला