बैशाखमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करण आयोजना हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली फिल्मलाई ग्रामीण बजारमा र्पुयाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोश्रो संस्करण आगामी बैशाख अन्तिम साता हुने भएको छ ।

महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा मौलिक र ग्रामिण कथावस्तुमा बनेका फिल्म प्रदर्शन हुनेछन् । सापकोटाले भाग लिन चाहने फिल्मको लागि दर्ता आह्वान गरिएको जानकारी दिनुभयो ।

गाउँले परिवेशमा निर्माण भएका कथानक, छोटा, वृत्तचित्र र आदिवासी फिल्मले भाग लिने छन् । जुरीले छनोट गरेका फिल्मलाई प्रदर्शन गर्ने र उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

दर्शकलाई मौलिक फिल्मप्रति आकर्षित गराउनु, फिल्म हेर्ने बानी बसाल्नु, अन्तर्राष्ट्रिय बजारमा लैजानु र कलासंस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजकले जारी विज्ञप्तिमा उल्लेख छ ।

गतबर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवमा दर्शकको बाक्लो सहभागिता थियो । यसवर्ष हुने महोत्सव आयोजना स्थलको टुंगो लागेको छैन । महोत्सवका लागि चलचित्र विकास बोर्डसँग सहकार्य हुने भएको छ ।

सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
चलचित्र विकास बोर्डले सहकार्य गरेको महोत्सवमा ruralnepal2078@gmail.com मार्फत् पनि फिल्म दर्ता गर्न सकिने जनाइएको छ ।

अघिल्लो वर्ष गोरखा जिल्लाको लाप्राकमा भएको महोत्सवको दोस्रो संस्करण हुने स्थान भने तय भैसकेको छैन । चाँडै नै महोत्सव हुने स्थानको नाम घोषणा गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला