गण्डकी मुख्यमन्त्री अधिकारीद्धारा फागु पूर्णिमा र तोरन्लको शुभकामना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागु पूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिदैं यि पर्वहरुले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा – “यस वर्षकोे फागु पुर्णिमा (होली पर्व) तथा तोरन्ल पर्वले नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता,सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” भनिएको छ ।

शुभकामना सन्देशमा उहाँले नेपालमा बसोबास गर्ने विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला