लायन्स क्लब र लिओ क्लब अफ तनहुँको आयोजना भएको शिविरमा २ सयको जाँच

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
लायन्स क्लब अफ तनहुँ र लिओ क्लब अफ तनहुँको आयोजना भएको शिविरमा २ सय ११ जनाको सित्तैमा सुगर, थाइराइड तथा हर्मोन रोगसम्बन्धी रगत जाँच गरिएको छ ।

युआरल दमौलीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले रोग लाग्नुअघि नै बेला बेलामा जाँच गर्नुपर्ने र लागि हालेमा समयमै जाँच गरी स्वास्थ्य लाभ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुगर, थाइराइड, हर्मोन जस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएकाले जीवनशैली, खानपान र सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाले प्रदेशभरी नै गुणस्तरीय ल्याब सेवा सजिलै प्रदान गर्ने लक्ष्य लिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व र सचेतना बढाउँदै नागरिकलाई स्वस्थ बनाउने दायित्वसँगै व्यवसायलाई अघि बढाइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, तनहुँका प्रहरी प्रमुख अबदेश विष्ट, रिजनल चेयर पर्सन राजकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
शिविरमा सहभागीलाई मंगलबार बिहान ११ बजेदेखि रिपोर्ट हेरेर विशेषज्ञले सित्तैमा परामर्श दिने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला