नगेन आर्ट एकेडेमीमा राष्ट्रिय कला प्रदशनीको समिक्षा तथा पुस्तक विमोचन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नगेन आर्ट एकेडेमीको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेशनल फाईनआर्ट प्रदशनीको समिक्षा तथा सुचि पुस्तक विमोचन कार्यक्रम घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको एकेडेमीकै हलमा सम्पन्न भएको छ ।
प्रदशनीमा सात प्रदेशका १४ जिल्लाका ५१ जना कलाकारका १०१ कलाकृति रहेका थिए ।
नेपाल नाटक तथा संगित प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तले दिनभर साहित्य र संगितको ३÷४ वटा कार्यक्रममा गएर थाकेर आएको समयमा चित्रकला हेर्दा दिनभरको थकान मेटिएको बताउँदै बरिष्ठ कलाकारदेखि बाल कलाकारहरु सबैको चित्रकला एकै ठाँउमा हेर्न पाउँदा रमाईलो लागेको बताउनु भयो । उँहाले अभावका बावजुद पनि गरिएको यो कार्यक्रम प्रसंशनिय रहेको बताउदै नवोदित कलाकारलाईहरुलाई पनि समेटरे कार्यबmम गरेर उनिहरुलाई ठाउँ दिएर उनिहरुलाई हौसाला प्रदान गरेको बताउनुभयो । राजधानी बाहिर केहि गर्ने उद्वेश्यले खोलिएको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा अरु विधाका कार्यक्रमहरु भइरहको चित्रकलाको पनि यो बनेको देख्दा खुसि लागेको बताउनु भयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ्गले शान्ति, पर्यटन र कला प्रवद्र्घनका निरन्तर लागिरहेको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै चित्रकला प्रदशनीमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहलेकलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राख्नु भयो ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले अरु साहित्यको कार्यक्रमहरु भईरहने तर चित्रकलाको कार्यक्रम कम हुने गरेको थियो अब चाँहि भईरहने आँशा व्यक्त गर्नु भयो ।
पत्रकार उदय बहादुर अमात्यले नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै यस एकेडेमीले सक्षम कलाकार उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कला शिक्षक सुरेन्द्रराज अधिकारीले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशाँ व्यक्त गर्दै पोखराको कला जगतमा नयाँ आयाम थप्ने बताउनुभयो । उँहाले यस्ता प्रदशनीले कला विकास र कला सिर्जना गर्न हौसाला प्रदान गर्ने बताउदैं समिक्षाबाट कला विकासमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रमका संयोजक प्रमिशा सिलवालले पोखरा पर्यटकिय शहर भएकोले कलाको प्रवद्घन र विकास हुनु जरुरी रहेको बताउदै त्यसको लागि यस्ता कला प्रदशनीहरुको आवश्यकता रहेको बताउनु भयो । उँहाले आगामी दिनहरुमा पनि यस्ता कला प्रदशनीहरुको आयोजना गर्ने बताउनु भयो ।


सहभागी कलाकारको तर्फबाट आयुस बाटाजुले आँफ्नो कला प्रदशनीमा जोडिन पाउदा खुसि लागेको बताउदैं आफुँ जस्तो युवा कलाकारहरुलाई पनि समेटेको कारण आँफुमा हौसाला पाएको बताउनु भयो ।
अभिभावक तर्फबाट रिमा श्रेष्ठले आफ्नो बच्चाले चित्रकला सिक्न खोजेको धेरै समय भइसकेको थियो तर ठाँउ नपाएर भौतारिनु परेको थियो त्यसैले आफँले पनि यो एकेडेमीको बारेमा सबैलाई भन्ने गरेको बताउनु भयो ।
नगेनन्युज पब्लिकेशन प्रा. ली .का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताउदै बिकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुन्छ भन्छन् तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै नभएका कारण चित्रकला प्रदशनीमा नै समस्या भएको बताउदै अब नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेको कला अब कहाँ प्रदशनी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो । हमालले वडामा त के कुरा यँहा त महानगरमा पनि आर्टको, कलाको केहि छैन र चित्रकला , नाटक , गीतसंगित लगाएतका कलालाई उपेक्षा गरेर देश समाजको विकास हुन सक्दैन त्यसकारण कला सबैले बुझ्नु पर्ने बताउनु भयो ।


प्रदशनीमा बाँके, सुर्खेत, जुम्ला, दाङ, कैलाली, कास्की, सल्यान, स्याङ्गजा, बाग्लुङ, गोर्खा, सुनसरी, सर्लाही,बर्दिया र काठमाण्डौ जिल्लाका सागर क्षेत्री, बिक्रम शिसिर, आर्यन ढकाल, दिपक नेपाली, रोहित थारु, उषा सुबेदि, निशान्त लम्साल, सञ्जित बिष्ट, हुदिप अँसुचन्द, धनराज थारु, याँञ्सु आचार्य, शैलेस थापा, खुश्बु बिष्ट, अशँवन कोईराला, दिपक चन्द, जे.बी आउजी, बिबेक नेपाली, दिब्या गौतम, निशान्त लम्साल, कमल खत्री, उर्मिला थापा, भैभव बिक्रम चन्द, सौगात सवित, आयुश्मा ढकाल, अनुष्का ढकाल, अलिता गुरुङ्ग, सुबान्त पौडेल, आयुस बाटाजु, पदम घले, सानिका पौडेल, लोकप्रसाद गुरुङ्ग, सुरज सुबेदि, उमङ्ग एस, परु अधिकारी, हेमकान्ती गुरुङ्ग, ज्योती गुरुङ्ग, बुद्वि गुरुङ्ग, आरोन बाबु लिगल, ज्योत्सना बिश्वकर्मा, जुलियाना सुनुवार, प्रियंका गुरुङ्ग, शिला थापा मगर, बिजय गुरुङ्ग, आशिष अधिकारी, रमेश खनाल, गोपी श्रेष्ठ, किरण मानन्धर, नज्योशा सिँह ठकुरी, ज्योनशा सिँह ठकुरी, एस.पी. नेपाल, रक्षा नेपाली, अमृत अधिकारी र प्राज्ञ नगेन सिँहको कलाकृतिहरुको रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला