श्रीताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः न्यौपाने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा महाहनगर पालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुन कृष्ण प्रसाद न्यौपाने चयन हुनु भएको छ ।
आइतबार बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले न्यौपाने लाई आगामि ३ बर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नौ सदस्यी नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेब बराल, अभिभावकहरुबाट सदस्यहरुमा गिरीराज अधिकारी,बालकृष्ण मल्ल र रमा अधिकारी रहेका छन, तेसै गरि वडा शिक्षा समितिबाट तेजनाथ न्यौपाने र शिक्षक प्रतिनिधिमा देवी कुमारी के.सी नियुक्त भएका हुन । एक सदस्य पछी बिद्यालयले मनोनित गर्ने गरि ९ सदस्य नयाँ विद्यालय ब्यबस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।
नव नियुक्त पदाधिकारीहरुलाई आइतबार नै पदस्थापन गरिएको थियो । नव नियुक्त अध्यक्ष न्यौपानेले ‘आफ्नो कार्यकालमा बिद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशिल रहने’ बताउनु भयो ।
प्रधानध्यापका पोखरेलले “नव निर्वाचित ब्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफु विश्वस्त” रहेको बताउनु भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला